नियम १५
वस्तुको आपूर्ति स्थानको निर्धारण
देहायको स्थानलाई वस्तुको आपूर्ति भएको स्थान मानिनेछः–
(क) बिक्री गरी हस्तान्तरण गरिएको चल वस्तुको आपूर्तिको स्थान जहाँ त्यस्तो वस्तु बिक्री गरिएको वा हस्तान्तरण गरिएको छ सोही ठाउँ,
(ख) स्वामित्व परिवर्तन गरिए पनि स्थान परिवर्तन गर्न नसकिने अचल वस्तुको सम्बन्धमा त्यस्तो वस्तु रहेको ठाउँ,
(ग) आयात गरिएको वस्तुको सम्बन्धमा त्यस्तो वस्तु नेपाल ……..भित्र आयात गरिने नेपाल ………को भन्सार बिन्दु,
(घ) कुनै उत्पादक वा विक्रेताले कुनै वस्तु स्वयं आफूलाई आपूर्ति गरेमा त्यस्तो वस्तुको उत्पादक वा विक्रेता रहेको स्थान ।